चितवन । नेपाली कांग्रेस चितवनको भोलि हुने प्रदेश क्षेत्रीय समितिको निर्वाचनको लागि ६ ठाउँबाट उम्मेदवार बन्नेहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार ६ ठाउँबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अहिले दावी विरोधको प्रक्रिया चलिरहेको छ ।
क्षेत्र नम्बर १ (क) को अधिवेशन खैरहनी ९ मा रहेको पुन समाजको भवनमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । १ (ख) को होटल सेभेनस्टार, प्रदेश २ (क) को उद्योग वाणिज्य संघ चितवन, २ (ख) को भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेस, ३ (क) को शहिदस्मृति कलेज शारदानगर, ३ (ख) का लागि सत्कार पार्टी प्यालेस पार्वतीपुरमा उम्मेदवारी दर्ता भएको छ ।
जिल्ला सचिव उत्तम जोशीका अनुसार उम्मेदवारी मनोनयन दर्ता सकिएको र अब अन्तिम उम्मेदवारी नामावली निस्कन बाँकी छ । जिल्लाको ६ स्थानमा हुने यो निर्वाचनबाट एक सभापतिसहित ७ जना पदाधिकारी निर्वाचित हुनेछन् । कुल २५ सदस्यीय कार्यसमिति बन्नेछ । संघिय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुनेछ । मंसिर १० मा जिल्ला अधिवेशन हुँदैछ।

