चितवन । नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेको १० औँ महाधिवशनले सर्वसम्मत नेतृत्व (अध्यक्ष) चयन गरेको खण्डमा केपी ओली नै अध्यक्ष हुने बताए ।
आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा एमाले नेता भट्टराईले भने, ‘तर अहिले नै ओली नै अध्यक्ष भनेर मैले घोषणा गर्न मिल्दैन, महाधिवेशनमा उठ्ने अधिकार अरुलाई पनि छ, महाधिवेशन आउँदैछ ।’
उनले देशभरि नै वडादेखि पालिका अधिवेशनसम्म र महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको कारण नेतृत्व पनि सर्वसम्मत हुने बताए । पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘महाधिवेशन आउनुअगावै धेरै कुरा भन्न मिल्दैन सकिदैन, विस्तार थाहा पाउँदै जानुहोला तर सर्वसम्मत नेतृत्व चयन भएको खण्डमा केपी ओली अध्यक्ष बन्न सक्नुहुन्छ ।’

