चितवन । काठमाडौँ–भरतपुरको हवाई भाडा बढेको छ । हवाई इन्धनको मूल्यवृद्धि बढेसँगै वायुसेवा सञ्चालकले पनि हवाई भाडा बढाएका हुन् । उनीहरुले टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।
हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार काठमाडौँ–भरतपुरको हवाइ उडानमा रु ५५ ले बढेको छ । पोखरा भरतपुर उडानमा पनि रु ५५ बढी भाडा पर्नेछ ।

