चितवन । भरतपुरमा पुसको पहिलो साता औद्योगिक प्रदर्शनी हुने भएको छ ।
नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । आज काठमाडौँमा आयोजकले पत्रकार सम्मेलन गरी पुस २, ३ र ४ गते प्रदर्शनी भरतपुरमा औद्योगिक प्रदर्शनी हुने जनाएको छ । उद्यशिलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न प्रदर्शन गरिन लागिएको हो । औद्यौगिक प्रविधिहरु प्रर्दशनीमा भित्र्याइने उद्योग संघ चितवनले जनाएको छ ।


