चितवन । चितवनका १२ वर्षमाथिका दीर्घरोगीलाई पनि कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म उनीहरुलाई फाइजर बायोएनटेक खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुर क्यान्सर अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।
पहिलो मात्रा लगाएका सोही समूह उमेरकालाई मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दोस्रोमात्राको खोप लगाइने छ । मृगौलाको समस्या भई मृगौला फेरेका, डाइलाइसिस गराइरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सोको समस्या भएका १२ वर्ष माथिका दीर्घरोगीले खोप पाउँछन् ।
यस्तै, अंग प्रत्यारोपण, उच्च रक्तचाप वा मधुमेहका बिरामी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग पक्षघात, एन्यूरिजम र मुटुमा समस्या भएका बिरामीलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

