चितवन । देवघाट तनहुँको देवघाट गाउँपालिका नवलपुरको गैंडाकोट नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाको संगमस्थलमा रहेको पवित्र तीर्थस्थल हो ।
भनिन्छ, समस्त हिन्दू धर्मावलम्वीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरुमध्ये आदिप्रयाग देवघाटधाम हो। यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनराजाद्वारा निर्मित मन्दिर र चक्रवर्ततिशीला गलेश्वर ब्रह्मचारिद्वारा स्थापित आश्रम र वेदवेदांग विद्यापिठ हो । योगि नरहरीनाथद्वारा निर्मित कोटीहोम स्थल चितवनको बागेश्वरी जहाँ गौशाला र समावेशी गुरुकुलहरु रहेको छ । महेश आश्रम, हरिहर आश्रमसमेत रहेको पून्यभूमि पनि हो देवघाटधाम।
मुहार फेर्दै देवघाट
पवित्र तीर्थस्थल देवघाटको विकासमा गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका र भरतपुर महानगरपालिका लागिपरेका छन् । देवघाट क्षेत्र विकास समितिले देवघाटको विकासमा संयोजनकारी भुमिका निभाइरहेको छ । देवघाट शव दाहसंस्कार गर्ने स्थल पनि हो । देवघाटमा विद्युतीय शव दाहस्थलको प्रक्रिया अघि बढाइएको छ । दैनिक १२ वटा भन्दा बढी शव अहिले दाउराबाट जलिरहेका छन् । दाउराबाट शव जल्दा वातावरण प्रदुषण र वनको विनास हुने भएकाले देवघाटमा विधुतिय शव दाहसंस्कारको अवधारणा ल्याइ प्रक्रिया अघि बढाइए पनि काम सुस्त गतिमा भएको देवघाट क्षेत्र विकास समितिका सदस्य नबराज ढकालले जानकारी दिए।अहिले देबघाटमा १ अर्ब ३ करोड बराबरको डिपिआर निर्माण भईसकेका छन । जसमा तिर्थका न्युनतम पुर्वधारहरु बसपार्क, स्नानघाट, सडक पुर्वधारहरु, धर्मशाला, प्रतिक्षालय र पार्कहरु रहेका छन् । भरतपुर महानगरपालिकाले शव दाहस्थल निर्माणको लागि विगतमा सहयोग गर्दै आएको महानगरप्रमुख रेनु दाहालले बताईन ।

चितवनतर्फ के के बन्दै छन् पूर्वाधारहरु ?
पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फ अहिले मेलाहरुमा लाग्ने पार्किङहरुको व्यवस्थापनको काम, सडक पूर्वाधारहरु जसमा मोज्याक ट्रायल बिछाउने कामदेखि लिएर पिच बाटो र दुई वटा बसपार्क निर्माणको योजनाहरु प्रदेश र संद्यिय दुईवटै सरकारका मन्त्रालयहरुमा पाइपलाईनमा छन् ।
त्यसैगरी प्रदेश सरकारसंग समन्य गरेर १ करोड १२ लाखमा स्माट शौचालय निर्माणको योजना भैरहेको छ । यस्तै रगंनाथ र लेखनाथ पार्क निर्माणको डिपिआर तयार भएको छ। धर्मशाला र २०० मिटर बराबरमा स्नानघाट निर्माणको काम अगाडी बढेको छ। यस्तै नारायणी नदीको किनारमा ३० फुटको शिब मुर्तिको पनि डिपिआर निर्माण भइसकेको छ ।

तनहुँतर्फ के के बन्दै छन् पुर्वधारहरु ?
पवित्र तीर्थस्थल देवघाटको तनहुँतर्फ धामिर्क क्षेत्र झलकाउने सडक पुर्वधारहरु, शालिकगा्रम सिस्महल र हनुमानगढि मन्दिरमा सिढी निर्माणका डिपिआर सम्पन्न भइसकेको छ । त्यस्तै, चक््रवर्ती पार्कको डिपिआर पनि बनिसकेको छ ।
गैँडाकोटतर्फ के के बन्दै छन् पुर्वधारहरु ?
पवित्र तीर्थस्थल देवघाटको गँडाकोटतर्फ मौलाकाालिकाको फेदिमा ३५० जना भन्दा बढि बस्ने मिल्ने गरेर धर्मशाला निर्माणको योजना हुदैछ । त्यसैगरी हर्दिमा बसपार्क निर्माण गर्ने योजना रहेको र यि योजनाहरुका लागि करिब २५ करोड लागत लाग्ने योजनाको डिपिआर तयार भएको छ । यसमा प्रदेश सरकार र केन्द्र सरकारसंग समन्यको भुमिका खेलेर काम अगाडी बढाउने र चरणबद्द रुपमा निर्माण कार्यमा जाने सदस्य ढकालले बताए ।

देवघाटधाम कसरी पुग्ने ?
पूर्वपश्चिम राजमार्गको मध्येभागमा रहेको भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढको पुल्चोकबाट देवघाटधाम ५ किलोमिटर छ । नेपालको पूर्वदेखि पश्चिमका जिल्लाबाट जोकोही पनि नारायणगढ बजार आएर साना सवारी साधन चढी देवघाट पुग्न सकिन्छ ।
नारायणगढबाट २५ रुपैयाँ भाडा तिरे साना सवारी साधनले देवघाटधाम पु¥याइदिन्छन् । देवघाट छिर्ने मुलद्वारलाई आँपटारी भनिन्छ । आँपटारीको आकर्षक गेट पार गर्दै तीन किलोमिटरको सुन्दर जंगल छिचोलेपछि देवघाटधाम पुगिन्छ । जंगलमा विभिन्न चराचुरुङीको आवाजले मनलाई आनन्दित बनाउँछ । काठमाडौँ, पोखरा हुँदै आउने भक्तजनहरु इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रामनगर बजार आएर देवघाट पुग्न सक्छन् । रामनगरबाट देवघाट छिर्ने भक्तजनहरु नारायणगढ नआई रामनगर ठिमुरा सडक हुँदै देवघाट पुगिन्छ । रामनगरबाट साना सवारी साधन चढेर ५ किलोमिटर छिचोलेपछि देवघाटधाम आइन्छ । तनहँ जिल्लातर्फ देवघाट गाउँपालिका हुँदै देवघाटधाम आउन सकिन्छ ।

