हेटौंडा । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।
गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाण्डौ तर्फ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको खाली ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीलाई बसमा सवार घाईते यात्रुहरुले बताए अनुसार मृत्यु हुनेमा एक जना बस चालक रहेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् उनिहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।
प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।

