चितवन । भरतपुर विमानस्थलमा बर्ष २०२१ को १० महिनामा झण्डै १ लाख ४० हजार यात्रुले सेवा लिएका छन् । सो बर्षको जनवरीदेखि अक्टोवरसम्म १ लाख ३९ हजार ८८३ जनाले सेवा लिएका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी अक्टोवर महिनामा २६ हजार ८१ र सबैभन्दा कम जुन महिनामा १३ जना यात्रुले सेवा लिएका थिए ।
यस्तै ,जनवरी महिनामा १३ हजार १९३ , फेब्रुअरीमा १७ हजार ३२३ जना, मार्च महिनामा १८ हजार ७४३ , अप्रिलमा १६ हजार ८८० , मे महिनामा १ हजार २११ जना जुलाईमा, १७ हजार १०९ ,अगष्टमा १८हजार २५६ र सेप्टेम्बरमा २४ हजार २८० जना यात्रुले सेवा लिएका थिए ।
कार्यालयका सूचना अधिकारी दिपक विकले जुन महिनामा कोरोनाका कारण निशेधाज्ञा भएकाले नियमित उडान बन्द भएकोले जुन महिनामा चार्टर विमान मात्र भएको जानकारी दिए । ‘मे देखिनै निशेधाज्ञा भयो । नियमित उडान बन्द भयो, उनले भन,े ती यात्रु चार्टर विमानका मात्रै हुन् ।’
उनका अनुसार अक्टोवर महिनामा चाडवाड भएसंँगै यात्रुको संख्यामा पनि बृद्धि भएको हो । ‘चितवनमा चाडवाडमा उडान संख्या पनि बढ्यो, उनले भने , चाडवाड र राजनीतिक गतिविधिले उक्त महिनामा यात्रुको चाप बढेको हो ।’
झण्डै पांँच हजार उडान
विमानस्थलमा १० महिनाको अवधिमा विभिन्न उडान कम्पनीले झण्डै पांँच हजार उडान भरेका छन् ।
कार्यालयका अनुसार उक्त अवधिमा ४ हजार ९१२ पटक उडान र अवतरण भएको छ । यी मध्ये सबैभन्दा बढी अक्टोवर महिनामा ९०६ वटा उडान भएको छ भने सबैभन्दा कम जुन महिनामा ६ वटा उडान भएको छ ।
यस्तै जनवरी महिनामा ४१० वटा, फेब्रुअरीमा ५४८, मार्चमा ५९४, अप्रिलमा ५६० , मे महिनामा ६० जुलाईमा ५४६, अगष्टमा ५६८ र सप्टेम्बर महिनामा ७१४ वटा उडान भएको कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी दिपक विकले अक्टोवरमा उडान संख्यामा बृद्धि भएको र जुन महिनामा चार्टर मात्र उडान भएकोले उडान संख्या कम भएको बताए ।
सबै भन्दा बढी उडान बुद्ध एयरबाट
१० महिनाको अवधिमा सबैभन्दा बढी उडान बुद्ध एयरले भरेको छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा बुद्ध एयरले ३ हजार ७१६ पटक उडान भरेको छ । भने सबैभन्दा कम श्री एयरले ८ वटा उडान भरेको छ । विमानस्थलमा निशेधाज्ञाका कारण नियमित उडान नभएका कारण सो अवधिमा चार्टर उडान भएको कार्यालयले जानकारी दिएको छ । उक्त अवधिमा बुद्ध एयरले बाहेक अन्य उडान कम्पनीले नियमित उडान भरेका छैनन । जस अनुसार जनवरी देखि जुनसम्मको अवधिमा यति एयरलाईन्सले ७०२ पटक उडान भरेको छ । यति एयरलाईन्सले यहांँको सेवा बन्द गरेपछि गुण एयरले सेप्टेम्बर रअक्टोबरमा गरी २२० वटा उडान भरेको छ ।
यसैगरी मनाङ्ग एयरले ३४ वटा, सिम्रिक एयरले ३० वटा, प्रभु हेलीले ४०, कैलाश हेलीले २४ वटा, समिट हेलीले १२ वटा, एयर अल्टिच्युडले २४ वटा,एयर डाइनास्टीले २० वटा , तारा एयरले ५८ वटा र माउण्टेन हेलीले ६ वटा उडान भरेको कार्यालयले जनाएको छ । सूचना अधिकारी विकले बुद्ध एयरको नियमित उडान र जहाजको संख्या पनि धेरै भएकोले बुद्ध एयरको उडान संख्या सबै उडान कम्पनीको भन्दा बढी भएको बताए । हाल भरतपुर –काठमाडौं –भरतपुर गरी बुद्ध एयरले २६ पटक सम्म भरतपुर– पोखरा– भरतपुर दुईपटक र भरतपुर –भैरहवा – भरतपुर २ पटक गरी दैनिक उडान अवतरण गर्दै आएको छ । यस्तै यति एयरलाईन्सले सेवा बन्द गरेपछि गुन एयरले भरतपुर –काठमाडौं भरतपुर गरी ६ वटा उडान भर्दै आएको छ ।

