चितवन। चितवनको साविक दारेचोक गाविसका पूर्व अध्यक्ष विष्णु लामाको उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको छ।
लामाको आज दिउँसो उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
लामा वि सं २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनि दारेचोक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

