चितवन। नगर अधिवेशन उद्घाटन भएको दुई साता बित्न लाग्दा समेत माडिमा नेकपा (एमाले)को नेतृत्व चयन हुन सकेको छैन ।
नेकपा (एमाले) माडी नगर अध्यक्षका लागि गत कार्तिक ९ गते चलेको छलफल निष्कर्षमा पुग्न नसकेपछि अध्यक्ष सहित पदाधिकारी चयनको जिम्मा नेतृ सरस्वती बिष्टको संयोजकत्वको कार्यदललाई दिइएको थियो ।
नगर कमिटिका अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच सदस्यीय पदाधिकारीका लागि करीब २२ जना आकंक्षी भएसंगै पदाधिकारी चयनको अन्तिम टुंगो लगाउनको लागि नेतृ बिष्टको संयोजकत्वको कार्यदलमा ताराकाजी महतो, विमल के सी, शिवहरि सुवेदी, कमल रामदाम, नारायण पौडेल, श्याम बिष्ट र शिवजी गायक सदस्य रहेका छन् ।
कार्यदलको म्याद कार्तिक २७ गतेसम्म रहेपनि कार्यदलको बैठक अहिले सम्म नबस्दा नगर पदाधिकारीहरु चयनमा ढिलाई भइरहेको छ । नगर अध्यक्ष पदका लागि रेशमलाल आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी, दुर्लभबन्धु पोखरेल र श्रीप्रसाद दवाडीको गरी ५ जनाको दावेदारी परेको छ ।

