चितवन । भरतपुर महानगरका दुई अलग स्थानबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
गत कार्तिक १५ गते भरतपुर महानगरपालिका वडा नं ४ यज्ञपुरी स्थित टेम्पल कटेजबाट नगद रू १६,०१५ र १ बुक तास सहित २ जना र १६ गते राती १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ०६ चोकबजार स्थित थकाली किचन होटलबाट रू ५३,०७० र १६ थान कौडा सहित ८ जना जवाडेहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

