काठमाडौं । जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् ।
बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो । उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । उनलाई उच्च रक्तचापको समस्या भएको बताइएको छ ।

