चितवन । चितवन जिल्लाको राप्तीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका घलानचोक वस्ने सागर लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार घलानचोक वस्ने बर्ष ३५ को कृष्ण लामा, बर्ष २८ को सागर लामा र बर्ष २३ को शक्ती गुरुङ ड्याम साईडमा घुम्न भनि निस्केको समयमा हात्तिको आक्रमणमा परेका थिए ।
हिजो तिन जनाको समुहलाई हात्तिले आक्रमाण गर्दा कृष्ण लामा सामान्य घाईते भएको र सागर लामा भाग्ने क्रममा तत्काल सम्पर्क बिहिन भएकोमा प्रहरी र स्थानीयद्वारा खोजतलास गर्ने क्रममा आज बिहान ७ः५० बजेको समयमा मकवानपुरको मनहरी गाँउपालिका ६ स्थित खयरघारी (लोथर खोलाको पारी पट्टि) मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


