काठमाडौँ। काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड । दिदीबहिनी नहुनेहरूले हरेक वर्ष यहाँ आएर टीका लगाउने गर्छन् ।
हरेक वर्ष भाइटीकाका दिन खुल्ने रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज व्यापक घुइँचो लागेको छ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माणपछि दोस्रोपटक खुला गरिएको हो। यसअघि अघिल्लो वर्ष पनि भाइटीका बेला मन्दिर खुला गरिएको थियो।










