चितवन । तिहार भन्यो कि लाग्छ, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्ध र अनि संगीतको रमझमले त तिहारलाई खास बनाउँछ । जब देउसी भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ ।
यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर सर्जकहरुले थुप्रै गीतहरु रचेका र गाएका छन् । जब यी गीतहरु घन्किन थाल्छन्, तब सप्तरंगी पर्व तिहारको रंग अरु प्रगाढ बन्छ । तिहार शुरु नहुँदैदेखि केही तिहारका गीतहरु गुञ्जिन थाल्छन् । यहाँ यस्तै तिहारका सदाबहार गीतछन्, जसले सदैव तहल्का मच्चाएका छन् । तिहारका यी पाँच गीतलाई कहिल्यै अरुले जितेननर । यी पाँच गीतले नै बजार
तिहारै आयो लौ झिलिमिली…
चलचित्र ‘स्वर्ग’को गीत हो यो । शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्र २०५० सालमा प्रदर्शनमा आएको हो । यो गीत यादव खरेलले लेखेका हुन् । शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । सार्वजनिक भएको २९ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्छ यो गीत । एक हिसाबले यो गीत तिहारको पर्याय नै बनेको छ । तिहारको बजार पिटेको मध्ये १ नम्बरमा पर्छ यो गीत ।
दियो बाली साँझको…
तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘चिनो’मा समावेश गरिएको यो गीतमा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर छ । गीतमा स्वर्गीय कलाकार शुभद्रा अधिकारी, केशव भट्टराईको शीर्ष भूमिका छ । यो चलचित्र पनि प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । हरेक वर्षको तिहारमा घन्किने गीतमध्ये यो पनि शीर्षस्थानमा पर्छ । यो गीतले पनि तिहारको बजार पिटेको छ । हरेक तिहारमा यो गीतको चर्चा खुब हुन्छ ।
निधारमा लर्काएर सप्तरंगी टीका…
यो गीत चलचित्र ‘विजय पराजय’मा समावेश छ । राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको सांस्कृतिक पक्षलाई जोडिएको छ । दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक वर्ष तिहारमा यो गीत घन्किने गर्छ ।
यसपालिको तिहारै रमाइलो…
आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनूर’मा समावेश गरिएको यो गीत पनि तिहारको बेला घन्किने गीतमध्येमा पर्छ । गीतमा सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत रुचाइनेमा पर्छ ।

