चितवन । राप्तीमा ४८ विघामा लगाईएको गांँजा चितवन प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कात्तिक १५ देखि १७ सम्म प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ स्थित विभिन्न क्षेत्रफलमा लगाईएको गांँजा खेती नष्ट गरेको हो । गांँजा खेती नष्ट गरेपछि स्थाीनहरुसंँग थप सूचना संकलन, सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

