चितवन । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टीलाई प्रभावकारी रुपमा बढाउनु पर्ने विकल्प रहेको बताएका छन । नेपाली काङ्ग्रेस रत्ननगर नगरपालिका वडा नम्बर १३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै कांँग्रेस झन झन कमजोर बन्दै गएको भन्दै यसको फाईदा कम्युनिष्टले उठाएको बताए ।
’विश्वमा कम्युनिष्ट लोप भईसक्यो तर केपी ओलि कामनै नगरी चर्चामा आए यसको कारण कांँग्रेस कमजोर भएर हो ।’ उनले भने, नेतृत्वकै कारण पार्टी ध्वस्त रहेको भन्दै उनले पार्टीलाई पुस्तान्तरण भन्दा रुपान्तरणको खांँचो भएको बताए । ‘कांँगेस अव पुस्तान्तरण होइन रुपान्तरणमा जानुपर्छ । ’उनले भने ।
नेतृत्वकै कारण महाधिवेशन अन्यौल भएको भन्दै उनले कांँग्रेसमा नैतिकता र निष्ठाको राजनीति अपरिहार्य भएको बताए । पछिल्लो समय कांँग्रेस भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले पार्टी मनी र मसलमा चलेका कारण थप कमजोर हुदै गएको बताए ।
कांँग्रेस पार्टी प्रति नेता, कार्यकर्ता र जनतामा निराशा छाएको भन्दै उनले अबको कांँग्रेसको महाधिवेशन परीक्षाको घडी भएको बताए । ‘३० प्रतिशत जनताको मनमा कांँग्रस छ यो अधिवेशनबाट आगामी निर्वाचनमा एकल बहुमत राख्ने हैसियत राख्नुपर्छ। पौडेलले भने ,यो कांँग्रेसको लागि चुनौति र ठूलो अवसर पनि हो ।
संबैधानिक परिष ऐन र सेटिङ्गका कारण अदालत जस्तो संस्था ढल्ने अबस्थामा पुगेको भन्दै उनले अब आँखा चिम्लेर वस्ने समय नरहेको बताए । ’यही राजैनितक संस्कार कारण न्यायलय पनि धमिलिन पुग्यो, यसको जिम्मा दलहरुलेनै लिनुपर्छ ’ उनले भने ।

