चितवन । नेकपा एमालेका नेता प्रभु शाहले आगामि चुनावमा प्रदेश २ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने बताएका छन् ।
आज भरतपुर महानगरको अधिवेशनमा आफनो भनाई राख्दै शाहले अघिल्लो चुनावमा प्रदेश २ बाट नेकपा एमालेले सोचेको नतिजा हात पार्न नसके पनि अब आगामी चुनावमा एमालेले राम्रो नतिजा हात पार्ने बताएका छन् । त्यस्तै उनले मधेशको जनताले केपी ओलीको समर्थन गर्ने पनि दाबी गरे ।
शाह ओलीसँगै महाधिवेशन स्थल अवलोकन गर्न चितवनमा छन् ।


