चितवन । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्याकालमा संचारक्षेत्रसंँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।
आज चितवनको सौराहामा आयोजित नेपाल पत्रकार महासंघ, वागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै लोकतन्त्र, समावेशी र संघीयताको पक्षमा कलम चलाउने संचारकर्मीलाई आफूले सक्दो सहयोग गर्ने बताए । ‘साधनश्रोत कम छ ।तर मेरो कार्यकाला सञ्चारमैत्री भएर चल्छ । कसैलाई पक्षपात हुंँदैन ।’ आफू यसअघि मन्त्री हुंँदा पनि पत्रकारको सुख दुःखमा साथ दिएको बताउंँदै उनले राजनीतिक स्थिरता कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । चितवनमा आमसंचार प्रतिष्ठान र हेटौंडामा पत्रकार महासंघको भवनको बनाउने प्रस्ताव आएको बताउंँदै उनले यस विषयमा मन्त्रालयमा बसेर छलफल गर्ने बताए । आफूले पत्रकारकारका समस्यालाई नजिकबाट नियालेको भन्दै उनले पत्रकारका समस्यापनि क्रमश हल गर्दै जाने बताए ।

सो अवसरमा बोल्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले देश संघीयतामा गएसंँगै पत्रकार महासंघको संरचना पन सोही अनुसार गठन भएको बताए । आफूले श्रमीजीविको मुद्धालाई प्राथमिकता राखेको भन्दै उनले संचारसंस्था र पत्रकारबीच न्यायोचित सम्बन्ध स्थापना हुनुपर्नेमा जोड दिए । लोकतन्त्र र पत्रकारिता जोडिएको बिषय भएको भन्दै आवाजबिहीन नागरिकको आवाजलाई मुखरित गर्नु पत्रकारिकताको मुल मर्म रहेको उनले बताए । पत्रकारितामा विकृति बढ्दै गएको भन्दै उनले जिल्लाबाट सदस्यता शुद्धीकरण शुरु गर्दै जानुपर्ने उनको भनाई थियो । यसका लागि महासंघले साथ दिने उनले बताए ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपधाध्यक्ष दिपक आचार्यले पत्रकारिता क्षेत्रलाई राजनीतिक दलहरुलेनै धमिल्याएको बताए । लोकतन्त्रमा पत्रकारले आफ्नो अधिकारको लडाई गर्नुपर्ने उनको भनाई छ । चितवनमा आमसञ्चार प्रतिष्ठानको लागि जग्गा मिलिसकेकोले यसका लागि पहल गर्न पनि आग्रह गरे । पत्रकारितामा भएका विकृति र विसंगतीलाइए पनि सुधारदै लगिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वागमती प्रदेश पूर्व अध्यक्ष प्रताप विष्ट, प्रेस रजिष्ट्रार रेवती सापकोटा केन्द्रीय सचिव सिर्जना अर्याल, प्रेसचौतारी वागमती प्रदेश सहसंयोजक शिशिर सिंखडा, पत्रका महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारी लगायतले मन्तव्य राखेका थिए । सम्मलेन तीनबर्षे कार्ययोजना सहित भोलि आईतबार समापन हुनेछ ।

