चितवन । नेकपा माओवादी केन्द्रका नेता, बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहाल ‘अविनाश’लाई मातृशोक परेको छ ।
दाहालकी आमा गंगामाया दाहालको ७९ वर्षको उमेरमा आज बिहान आफ्नै निवास कृष्णपुरमा निधन भएको छ । आमा दाहालको एक छोरा र ८ छोरी छन् । एक छोरा दिवंगत भइसकेका छन् । आमा दाहाल प्रदेश सांसद घनश्याम दाहालसँग कृष्णपुरमा बस्दै आएकी थिइन् । उनी फोक्सोको समस्याबाट पीडित थिइन् । आमा दाहालको आज देवघाटमा अन्त्येष्टि गरिएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले गंगामाया दाहालको निधनप्रति खबरले गहिरो दुःख व्यक्त गरेको छ । दिवंगत आमाप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।



