भरतपुर । वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका नवनियुक्त मन्त्री कृष्ण खनालले नेकपा एमाले व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताएका छन् । आज भरतपुर – ९ वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले एमालेसंँग बैचारिक , सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजबादी पार्टी स्थापना गर्नुपरेको बताए । ‘केपी ओली सामन्ती चरित्र हाबी भयो , उनले भने, पार्टीमा लगाम एउटा संँग घोडा अर्कोसंँग भयो । ’
पार्टीको सिद्धान्त र समाजवादी र समृद्धिको बाटो ओलीले बिराएकोले आफूहरु अलग हुनुपरेको उनको भनाई थियो । ‘नेकपा एमालेमा डन प्रवृत्ति र बा संस्कृति हाबी भयो, उनले भने, यो प्रवित्तृको विरुद्ध आन्दोलन शुरु हुन्छ ।’ केपी ओलीले समाजवादी तथा जनताको बहुदलीय कार्यक्रम नचलाएको भन्दै आफूहरुले पार्टीबाट अलग हुनुपरेको उनले बताए । आगामी निर्वाचन पनि गठबन्धनबाटनै बन्ने भन्दै उनले पहिले नेकपा समाजवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा उनले वडाका १८ जना पदाधिकारी तथा सदस्यलाई सपथ खुवाएका थिए ।

१८ सदस्यीय कमिटी गठन : अध्यक्षमा गैह्रे
भरतपुर महानगरपालिका– ९ को नेकपा समाजवादीले १८ सदस्यीय नयांँ कमिटि गठन गरेको छ । कमिटीको अध्यक्षमा मोतीलाल गै्रहे,उपाध्यक्षमा विमाया श्रेष्ठ,सचिवमा राकेश भण्डारी, उप–सचिवमा प्रतिमा लामिछाने चयन भएका छन । यस्तै सदस्यहरुमा विरेन्द्रकुमार गुरुङ्ग,राजनबाबु तिवारी,महेश कुमार लम्साल,प्रेमराज जोशी,कुशल श्रेष्ठ र मछिन्द्र श्रेष्ठ रहेका छन । यस्तै अन्य सदस्यहरुमा राजेन्द्र सुबेदी ,दिपु गुरुङ्ग,गौतम गुरुङ्ग,शिव पौडेल,सुदीप गिरी,हरेन्द्र हजारा,हरि अर्याल र हरि प्रसाद लोहीन चयन भएका हुन् ।
कार्यक्रममा विष्णु महत्तो, जिल्ला अध्यक्ष कृष्ण पन्त लगायतले बोलेका थिए । वडा अध्यक्ष यमलाल कंडेलको सक्रियतामा सम्पन्न भएको कार्यक्रमको रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

