काठमाडौं। फिल्म तथा गीतसंगीत क्षेत्रका विविध विधालाई समेटेर ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–०७८’ आयोजना हुने भएको छ ।
अधिराज्य मिडिया नेटवर्कले राजधानीमा २५ कात्तिकमा आयोजना गर्ने अवार्डमा करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदीलाई ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–०७७’ उपाधिबाट पुरस्कृत गर्न लागेको घोषणा गरेको छ । चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष समेत रहेका सुवेदीलाई नगद राशीसहित पुुरस्कृत गर्न लागेको कार्यक्रम संयोजक केवल भुजेलले बताए ।
प्रतिस्पर्धात्मक र जुरी अवार्डसहित गीतसंगीत तथा फिल्म क्षेत्रका स्रष्टाहरूलाई सम्मान गर्न लागेको कार्यक्रममा फिल्मका १४ र गीतसंगीतका ३० गरी कुल ४४ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

