चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कुरुक्षेत्र हुने बताए । आज भरतपुरमा भएको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘चितवन कुरुक्षेत्र हुँदैछ, पत्रकारले गलत अर्थले नबुझ्नुहोला, हिंसाको कुरुक्षेत्र भनेको होइन, यहाँ ठूलो राजनीतिक लडाइँ हुँदैछ, राजनीतिक लडाइँको कुरुक्षेत्र हुने भनेको हुँ ।’
माओवादी परास्त हुनु भनेको राष्ट्र, संघीय लोकतन्त्र, गणतन्त्र परास्त हुनु हो भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो कुरुक्षेत्रमा कसले जित्छ हेर्न बाँकी छ, हेर्दैजानुहोला । अबको चुनावमा ओली प्रवृत्तिलाई बढार्नुछ ।’

