काठमाडौँ। नेपालीहरूको दोस्रो महान् चाड तिहार आउन अब साता मात्र बाँकी छ।
घर-घरमा ढकमक्क फुलेका सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।
काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।विगत वर्षझैं यसवर्ष पनि भक्तपुरका किसानहरूले सयपत्री, गोदावरी र मखमली फूल खेती गरेका छन्। कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले केही क्षति गरेको किसानहरूले गुनासो गरेका छन्।
मखमलीको व्यवसायिक उत्पादन काठमाडौं उपत्यकका इचंगुनारायण, गुण्डु, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा हुँदै आएको छ।नेपालमा सयपत्री आयात गरिए पनि तिहारमा मखमली भने निर्यात हुँदै आएको छ। नेपालीहरू बस्ने अष्ट्रेलिया, युरोप लगायत खाडीका केही देशमा मखमली माला निर्यात हुँदै आएको छ।

