चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले माडीको विकासमा नाकाबन्दी लगाएको आरोप लगाएका छन् ।
पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तात्कालीन के.पी ओली नेतृत्वको सरकारले माडीको विकास र निकाशमा एक प्रकारको नाकाबन्दी लगाएकाले अपेक्षित काम हुन बाँकी रहेको दावी गरे ।
माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले सञ्चालन गरेको कार्यक्रममा पार्टीका नगर तथा वडास्तरका नेता र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

