चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको प्रथम अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि भोलि सम्मलाई स्थगित भएको छ ।
अध्यक्षमा प्रताप डल्लाकोटी र इश्वरी प्रसाद अर्याल , उपाध्यक्षमा लोकराज भूषाल,अशोक दराई, सीताराम पोखरेल र पुष्प जोशी, सचिवमा शिवराज सुवेदी र किशोर चन्द्र खनाल उप सचिवमा सागर मिश्र, अमित गुप्ता, अर्पणा तिवारी लगायत ८ जनाको उम्मेदवारी परेको छ ।

