भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा २७ जना, रत्ननगर नगरपालिकामा ३ जना, खैरहनीमा २ जना र कालिका नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । सोमबार सक्रिय संक्रमितको संख्या २४६ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ५१२ पुगेको छ । २५ हजार ८४० जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

