दमौली। जिल्ला प्रशासन कार्यालयले तीन महिनाका अवधिमा दुई हजार ९४० नागरिकता वितरण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वंशजका आधारमा दुई हजार ९३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार ३३५ जिल्लाबाट सिफारिस र ४२१ दु्रत सेवा सिफारिस गरेको छ । बाह्र जना विपद्बाट पीडित भएकामा कार्यालयले रु पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । एघार मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्योट भएको छ ।
आदिवासी जनजाति प्रमाणित ७६५, दलित प्रमाणित २९९, पेन्सन सिफारिस २३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने ४२५ संस्था नवीकरण भएका छन् । रासस

