चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित गांँजीपुरमा नारायणी नदीको बीच भंगालोमा एक वेवारिसे महिलाको शब फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार अन्दाजी ३५ बर्षीय महिलाको आज मध्यान्ह १२ बजेतिर शव फेला परेको हो ।
स्थानीयले शब तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का गरी शब परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिरहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।

