धादिङ। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ।
सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो । उहाँले इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको बताउनुभयो । भण्डारीका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको थियो।
उहाँ अनुसार बसको अधिकांश भाग जलेको भएपनि मानवीय क्षति भने भएको छैन ।स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् ।

