कावासोती । कावासोतीमा आज दिउसो २६ हजार भन्दा बढी नगदसहित पांँच जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं २ शान्तीटोलका ५४ को डिल्लीराम पौडेल , सोही स्थानका अर्जुन कंडेल,भुपराज चापागाई दुर्गा दत्त कंडेल र ठाकुराम थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार आज अपरान्ह सांँढे ३ बजे कावासोती नगरपालिका वडा २ शान्तिटोल स्थित चेतनारायण काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडे पक्राउ परेका हुन् । उनीहरुको साथबाट २५,८६५ नेपाली रुपैयांँ र .९५० रुपैयांँ भारतीय रुपैंया बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

