भरतपुर । गीतानगर क्षेत्रमानै पहिलो पटक दोहोरी साँझ हुने भएको छ । थाईल्यान्डको ब्रन्चका रुपमा खोलीएको हिमालय रेष्टुरेण्ट एण्ड कटेज ले पहिलो पटक दोहोरी साँझ गर्न लागेको हो ।
थाईल्यान्डमा एक दशक सम्म रेष्टुरेन्ट एण्ड बार संचालन गरेका सुर्य पाहारीले गीतानगरको नेपाल विद्युत अफिस अगाडि संचालनमा ल्याउनु भएको हिमालय रेष्टुरेण्ट एण्ड कटेजको शुभारम्भको अवसरमा दोहोरी साँझ गर्न लागेको बताए । हामीले तीन सय जना अट्ने हल सहितको हिमालय रेष्टुरेण्ट एण्ड कटेज संचालनमा ल्याएका छौँ । हरेक महिनाको एक दिन दोहोरी साँझ गर्ने लक्ष्य पनि छ ।
उनका अनुसार आज कात्तीक ६ गते शनिवार साँझ ६ बजे देखि सुरु हुने दोहोरी साँझमा राजु परियार , टिका सानु ,सरोज बिरही कार्की र अस्मिता डि सीको दोहोरी प्रस्तुती रहने छ । हिमालय रेष्टुरेण्ट एण्ड कटेजले बम्पर अफर र सेवा सुविधा सहित एक हजार र दुई हजारको टिकट शुल्क राखेको छ । झण्डै १ करोडको लगानीमा सञ्चालनमा ल्याईएको यस हिमालय रेष्टुरेण्ट एण्ड कटेज ४ वटा सुविधा सम्मपन कोठाहरु पनि छन् ।
बजार देखि टाढा गाउँको बतावरणमा रमाउन चाहानेहरुको लागि आफ्नो रेष्टुरेण्ट एण्ड कटेज उत्कृष्ट हुने उनी बताउँछन् । उनका अनुसार इण्डीयन र नेपाली खाना खाजाको परिकार सहित पिज्जा र बगर लगायतका रेष्टुरेण्ट एण्ड कटेजमा पाईने प्राय परिकारहरु यहाँ राखिएको छ ।

