चितवन । चितवनका अस्पतालमा उपचाररत रहेका तीन संक्रमितको शुक्रबार मृत्यु भएको छ । भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेजमा १ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गोर्खा, रौतहट र रुपेन्देहीका हुन् ।
चितवनका अस्पतालमा हाल ४६ जना संक्रमित उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । चितवनका अस्पतालको आइसियुमा १६, भेन्टिलेटरमा ७, एचडियुमा २८ र जनरल वार्डमा २ जना संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।


