चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार अब चितवनमा सक्रिय संक्रमित २४१ जनामात्र छन् ।
बितेको २४ घन्टामा भरतपुर महानगरपालिकामा २२, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ संक्रमित थपिएका छन् ।
चितवनका २०४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । हालसम्म चितवनका ४२५ जना संक्रमितको मृत्यु भएको छ । चितवनमा हालसम्म २६ हजार ३९१ जना संक्रमित भएका छन् भने २५ हजार ७२५ संक्रमित निको भएका छन् ।

