चितवन । चितवनमा आज एक जना कोरोना सक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा रुपेन्देही जिल्लाका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार भरतपुर अस्पतालमा २९, चितवन मेडिकल कलेजमा १४, पुरानो मेडिकल कलेजमा २, क्यान्सर अस्पताल भरतपुरमा २ जना संक्रमितको उपचार भइरहेको छ ।
अस्पतालहरुमा २३ जना संक्रमितको आइसियुमा, ७ जनाको भेन्टिलेटरमा २० जनाको एचडियुमा र ४ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।


