चितवन । चितवनका ६३ हजार ३७५ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले जानकारी दिए । चितवन जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ६३ हजार ३७५ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो उमेर समूहमा ५६ हजार भन्दा बढी जनसंख्या रहेको छ ।
जिल्लाका ४६१ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाइने तिवारीले जानकारी दिए । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उनको भनाइ छ । हरेक वर्ष कात्तिक २ र ३ गते हुँदै आईरहेको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम यस वर्ष दशैंका कारण केही पछि सरेको हो ।
कुन पालिकामा कति बालबालिकालाई खुवाइँदैछ भिटामिन ए र जुकाको औषधि ?


