चितवन । चितवन जिल्लामा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको छ । कम संख्यामा भए पनि दिनहुँ संक्रमितको संख्या केही न केही बढिरहेकै छ । पछिल्लो २४ घन्टामा चितवनमा २८ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिकामा २४, कालिका र इच्छाकामनाबाहेक सबै नगरपालिकामा १-१ जना संक्रमित थपिएका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या २३२ मा झरेको छ । हालसम्म ४२५ जना चितवनवासीको कोरोनाका कारण मृत्यु भएको छ । होम आइसोलेसनमा २०३, हस्पिटल आइसोलेसनमा ३२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा चितवनमा कोरोनाबाट मृत्यु शून्य छ ।

