चितवन । चितवनमा दशैँको बेला ११ ठाउँमा चोरीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज २१ देखि ३१ गतेसम्म जिल्ला ११ स्थानमा चोरी भएका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित बर्मेली टोल, नयाँ किरण टोल, भरतपुर १० को सप्तगण्डकी चोक, रिजाल चोक, चौवीसकोठी, भरतपुर ७ को मनकामना टोल, पोखरा बसपार्क, केन्द्रिय बस टर्मिनल र पुरानो मेडिकल कलेजमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । सो स्थानबाट ६ तोला सुनका गहना, २ वटा क्यामेरा, १ वटा मोवाईल, १ वटा ल्यापटप र १ लाख ५४ हजार ३ सय २० रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।
यस्तै चोरीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भरतपुर ९ का रिकेश गुरुङ, मन्दिप दराई र राप्ती १ का चेतन विक रहेका छन् ।

