चितवन । पछिल्लो २४ घन्टामा ३९ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिकामा ३६, कालिका नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन् ।
चितवनमा हालसम्म २६ हजार ३३९ जना कोरोना संक्रमित भएका छन् । हाल चितवनमा २२६ जना संक्रिय संक्रमित छन् । २८ जना अस्पताल आइसोलेसनमा र १९८ जना होम आइसोलेसनमा रहेका छन् । चितवनमा २५ हजार ६८८ जना संक्रमित निको भएका छन् । चितवनमा हालसम्म ४२५ जना संक्रमितको मृत्यु भएको छ ।

