चितवन । फुलपातिदेखि हराइरहेका आमा छोरी देवघाटमा भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका गितानगर बसोबास गर्दै आउनु भएको लक्ष्मी अधिकारी र उनकी छोरी संगिता अधिकारी गत असोज २६ गते देखि हराएका थिए ।
फुलपातिदेको दिन बिहान खाना खाएर घरबाट कालो कलरको हाते ब्याग बोकेर घरबाट निस्कनु भएको विवरण सहित उहाँका छोरा विनोद अधिकारीले बताएपछि विभिन्न संचारमाध्यममा समाचार आएको थियो । साथै सामाजिक संजाल सहितको सहयोगमा आमा र छोरी सकुशल भेटिएको छोरा विनोदले जानकारी दिनुभयो ।
देवघाटमा बसपार्क हेर्ने व्यक्तिले उहाँहरुलाई देखेपछि छोरालाई खवर गर्नुभएको थियो । आज विहानै देवघाट जाँदा पुल पारी रहेको पसलमा चप्पल किनेर केही अगाडि पुगेको अवस्थामा भेट्टाउन सफल भएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० वर्षीय लक्ष्मी अधिकारी र २६ वर्षीय संगिता अधिकारी बेपत्ता भएका थिए ।

