चितवन । दशैंको फूलपातीको दिनदेखि गीतानगरबाट आमाछोरी हराएका छन । भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० बर्षीय आमा लक्ष्मी अधिकारी र उनकी २६ बर्षीय छोरी संगिता अधिकारी हराएको छोरा विनोद अधिकारीले जानकारी दिए ।
विनोदका अनुसार घरमा फूलपातीको बिहान सामान्य घरायसी झैझगडा पश्चात आमा र विनोदकी बहिनी बिहान सांँढे १० बजेतिर घरबाट निक्लेका थिए । साँझ ६ बजेतिर सम्पर्क गर्दा मोबाईलको घण्टी गएपनि आमाले नउठाएको विनोदको भनाई छ ।
त्यसपछि आमाको मोबाईलमा सम्पर्क नभएको र टीकाको दिनमा समेत आमा नआएपछि उनले प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको बताए ।
बहिनीको अवस्था सुस्त मनस्थिति भएको र आमा सम्पर्कमा नआएपछि खोजिदिन र कसैले भेटेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उनले आग्रह गरेका छन । छोरा विनोद अधिकारीको सम्पर्क नम्बर ९८१२२९४४११ र ९८४५६५५८९५ रहेको छ ।

