चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिले माडी ३ पौवारी टोलका ५ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
दशैंको समयमा आर्थिक अभावले ५ घरपरिवार बाढीपिडित सुकुम्बासीहरु समस्यामा रहेको खबर पाएसंगै समस्याग्रस्त परिवारहरुलाई खाद्यान्न सहयोग गरेको नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिका अध्यक्ष प्रभु प्रसाद महतोले जनाउनुभयो ।
सो परिवारहरुलाई चामल, नुन, तेल, लगायतका खाद्यान्न सामग्री सहयोग भएको थियो । खाद्यसामग्री हस्तान्तरण कार्यक्रममा नगर अध्यक्ष महतोसंगै नेता ऋषि काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

