चितवन । चितवनमा भारी परिमाणमा विष्फोटक पदार्थ पटका सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा बस्ने भारत मोतिहारीका विकास शाह रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार चनौलीमा डेरा लिएर बसेका शाहको कोठामा खानतलासी गर्दा २०४४ पिस, रकेटपटका १०० पिस, झुरझुरे १०० पिस, ठुलो खुर्सानी पटका २ प्याकेट बरामद गरिएको थियो ।
शाहलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धानभईरहेको प्रहरीले जनाएको छ।
चनौलीबाट विष्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ
चनौलीबाट विष्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

