चितवन । भरतपुर अस्पतालको ओपिडी सेवा आज देखि बन्द हुने भएको छ ।
आज देखि बन्द भएको ओपिडी सेवा असोज ३० गते एकादशीसम्म बन्द हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले हिजो (सोमबार) एक सुचना जारी गर्दै ५ दिन ओपिडी बन्द रहने जानकारी दिएको हो।
ओपिडी बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ने अस्पताल प्रशासनले जनाएको छ ।

