चितवन । बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका ७ विकासचोकमा आइतबार दिउँसो साढे तीन बजे चौबिसकोठीबाट पटिहानी तर्फ जांदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा भरतपु महानगरपालिका वडा नम्बर ७ का ८ वर्षिय मिलन भण्डारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका लागि भरतपुर अस्पताल पुर्याइएका बालकलाई अस्पतालले मृत घोषणा गरेको हो । बालकको मामाघरकी हजुरआमा ४६ की सुर्य कुमारी लामिछाने पनि दुर्घटना देखेर अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

