चितवन। विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढको लायन्स चोकमा लक्जरी लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको हो । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उदघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उवासंघ अध्यक्ष श्रेष्ठले युवा ब्यवसायीले चितवनमा नयाँ खालको ब्यवसाय आएको बताए । घर तथा होटल , रिसोर्टमा प्रयोग हुनका लागी सुहाउँदो सामाग्रीको लागी परामर्श समेत दिईने संचालक सुवास कंडेलले बताए । चितवनका मान्छेलाई काठमाडौं जना नपर्ने गरी सोरुम संचालन गरेका हौ ’ उनले भने ‘ सामाग्री मात्रै होईन कस्तो लाइृटस सुहाउँछ त्यसको परामर्शको सेवा दिन्छौ । ’ घरमा प्रयोग हुने झुमर , आधुनिक लाईट्सको ब्यवसाय सुरु गरेका हुन ।
तीन जना युवा ब्यवसायी मिलेर सोरुम सुरु गरेका हुन् । विगत २८ वर्षदेखी विद्युतिय सामानको कारोवार गर्दै आएको टोलीले चितवनमा ब्यवसाय सुरु गरेको हो । ‘ घरमा हुने उज्यालोको लागी विशेषज्ञ परामर्श हुन्छ ’ संचालक मध्ये कमल कुंवरले भने ‘ काठमाडौंको ब्यवसाय चितवनमा लक्षित गरेका हौ । ’ काठमाडौ जान पर्ने बाध्यता हटेको उनले बताए ।

