चितवन। भरतपुर महानगर प्रमुख रेनु दाहालले औधोगिक रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समयमै लक्ष्य भन्दा बढी राजस्व संकलन भई सकेको बताएकी छिन् ।
आज भरतपुरको चितवन उद्योग संघमा औद्योगिक पाठशाला कक्षको समुद्घाटन एवम् महानगरपालिकाबाट प्रबद्र्धित वेवसाइटको घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेनु दाहालले औधोगिक रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय लक्ष्य भन्दा बढी राजस्व संकलन भई सकेको बताईन । दाहालले पछिल्लो समय भरतपुर महानगरभित्र रहेका औधोगिक व्यवसायलाई सफलता पुर्वक कार्य गर्नमा महानगरले हरेक कोशिस गरिरहेको बताएकी छिन् ।
उनले जनप्रतिनिधि आएको करिब करिब ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताईन । भरतपुरमा औधोगिक ,शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै भरतपुर २१ पार्वतीपुरमा १९ करोडौंको ठेक्कामा महानगरले गौरव गर्ने संरचना निर्माण भईराखेको दाबी गरीन् । उनले अबको ४ महिनामा आफुहरुले अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले बिकासमा राज्नैतिक मिलाउने कार्य भयो भने त्यस क्षेत्रमा बिकास हुन गारो समेत हुने बताईन ।


चितवनको गैरव परियोजना मध्ये गैतमबुद्ध रङ्गशालालाई जोड्दै दाहालले महानगरले रङ्गशाला निर्माणको लागि पहिलेनै ८ करोड सहयोग गरिसकेको र फेरि २ करोड सहयोग गर्ने प्रकृयामा रहेको जानकारी दिइन् । उनले निर्माण अगाडि बढ्दै गर्दा ठूलो रकम आवश्यक पररिरहेको जोड्दै सर्वसाधारणबाट सहयोग रकम जुटाएर अर्बौंको काम भइसकेको र देश विदेशबाट पैसा जुट्ने सम्भावना कमजोर हुँदै गएको बताईन ।

कार्यक्रममा भरतपुर महानगरको उप प्रमुख पार्वती शाहा ठकुरी , नेपाल पत्रकार महासघंका अध्यक्ष नारायण अधिकारी , चितवन उद्योग सघंका निवर्तमान अध्यक्ष भेषराज अधिकारी लगाएतले मन्तव्य राखेका थिए।





