चितवन। भरतपुर महानगरको वडा नम्वर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उदघाटन गरेकी छिन् । पुरानो जिर्ण भवनबाट सेवा दिईरहेको कार्यालयले सेवा प्रवाहमा सहजता ल्याउन र छिटो छरितो प्रभावकारी सेवा प्रवाहका लागि भवन निमार्ण गरेको हो ।


उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले स्थानीय पालिकाको चार वर्षको अवधिमा महानगर अन्तर्गतका १७ वटा वडा कार्यालय भवन निर्माण थालिएको बताईन् । साथै दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताईन् ।
कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताए । यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उनको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रबाहमा थप सहज हुने उनको भनाई थियो ।


२९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ । केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ ।




