चितवन । चितवनमा नयाँ नोट वितरण सुरु गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक भरतपुरका प्रमुख सन्त सोतीले हिजो (सोमवार) बाट नयाँ नोट वितरण सुरु गरिएको जानकारी दिए ।
उनले चितवनमा नयाँ नोट वितरण गर्न वाणिज्य बैंकका लागि ३ करोड रुपैयाँ आएको बताए । उनको अनुसार गतवर्ष ८/९ करोड रुपैयाँ नयाँ नोट वाणिज्य बैंकमा आउँदथ्यो भने यसवर्ष नयाँ नोटको अभाव रहेको छ । उनले करिव ७/८ सय सर्वसाधारणलाई १८ हजार ५०० का दरले नयाँ नोट दिएपछि बन्द गरिने बताए ।
उनले हिजो बाट सुरु गरिएको नयाँ नोट वितरण भोलिसम्म जारी रहने जानकारी दिए । उनले भोलिसम्म वितरण गरेर बाँकी रहेको नोट सरकारी कार्यालयहरुमा पनि दिनुपर्ने बताए ।

