परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) द्धारा करीब ९ लाख बराबरका अवैध सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ८ लाख ६०हजार रुपैयाँबराबरका अवैध मालसामान बरामद गरेको हो ।
कार्यालयका अनुसार आइतबार बिहान ३ बजेको समयमा गाडीको डिक्कीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई बोरा तामाका भाँडा, कुखुराको दागि प्रयोग हुने विभिन्न औषधि इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट ४ टिसिएन चोकबाट बरामद गरेको छ ।
यस्तै, अवैधरुपमा भन्सार छली ल्याइएका बिजुलीका उपकरण, इलेक्ट्रोनिक्स सामान सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । यस्तै, भारतबाट भन्सार छली ल्याइएका सुट कपडा, तन्ना, दोपट्टा साडी, लेसलगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रामग्रम नगरपालिका ४ बाट बरामद गरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

